२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओडिसा घटनालाई सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा एक नेपाली छात्रा हेस्टेलमा मृत भेटिएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालिएको घटनाबारे सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले उक्त घटना मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको जनाउँदै यसबारे कुटनीतिक तवरले बुझिएको जनाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ–
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।

भारतको उडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत भेटिएकी थिइन् ।

उनी आइतबार अपरान्ह ४ बजे युनिभर्सिटीको होस्टलको क्युसीफो बिल्डिङमा मृत भेटिएकी हुन् । प्रकृति बि टेक सिएससी तेस्रो वर्षमा अध्ययनरत थिइन् । उक्त कलेजमा २ सय भन्दा बढी नेपाली विद्यार्थाीहरु अध्ययनरत छन् ।

यो पनिः भारतको उडिसामा नेपाली छात्राको शंकास्पद मृत्यु, छानबिन माग गर्दा २०० बढी नेपाली बिद्यार्थी निकालिए