१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिमा सभापति निर्विरोध



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाका चार  विषगत समितिका सभापति आज निर्विरोध निर्वाचित भएका छन् ।

लामो समयदेखि नेतृत्वविहीन रहेका प्रदेशसभाका विषयगत समितिका सभापतिको नेतृत्वका बारेमा दलहरुबीच भएको सहमतिबमोजिम ती समिमिका सभापति निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट विशेषाधिकार समितिको सभापतिमा तुल्सी देवकोटा निर्वाचित हुनुभएको छ ।

यसैगरी अर्को सत्ता साझेदार नेकपा (एमाले) का धर्मराज पाठक सामाजिक विकास समितिको सभापति र सत्तामै रहेको नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी अर्थविकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित हुनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बाट लेखा समितिको सभापतिमा अक्कलबहादुर रावल निर्वाचित हुनुभएको छ । निर्वाचन गराउन प्रकाशित निर्वाचन कार्यतालिका अनुसार चार समितिको सभापतिमा एक एक जनाको उम्मेदारी परेपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशसभा नियमावलीबमोजिम दलहरुबीच प्रदेशसभामा विषेशाधिकार समिति गठन गर्ने सहमति भएको थियो ।

यसअघिसम्म प्रदेशसभामा चार विषयगत समिति क्रियाशील रहेका थिए । दलहरुको सहमतिबमोजिम विषेशाधिकार समिति गठन गरिएको हो । विधायन तथा प्रदेश मामिला समितिका सभापतिबाहेक अन्य समिति नेतृत्वविहीन हुँदा समितिहरु ज्येष्ठ सदस्यको भरमा चल्दै आएका थिए । विषयगत समिति नेतृत्वविहीन हुँदा समितिका कामकारबाही प्रभावित भएका थिए ।

झण्डै एक वर्षअघि अर्थविकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, सामाजिक विकास समितिमा नेकपा (एकीकृत समाजवादी) का माया पन्त, सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) का वीरबहादुर थापा र विधायन तथा प्रदेश मामिला समितिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट निर्वाचित हुनुभएको थियो । सत्तासमीकरण फेरबदल भएसँगै विधायन तथा प्रदेश मामिला समिति सभापतिबाहेकका अन्य समिति गत असार महिनादेखि नेतृत्वविहीन थिए ।