४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा बिरुद्ध पौडेल समुह संगठित बन्दै , दवाबका लागि अभियान संञ्चालन गर्ने



अ+ अ-

काठमाडौं ।सभापति शेरबहादुर देउवाले मनोमानी हिसाबले पार्टी संञ्चालन गरेको  भन्दै  नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहले  आफनो रणनीति तय गर्न आज भेला गर्दे छ ।

शनिबार दिउँसो २ बजे पौडेल समूहले आफूनिकट केन्द्रीय सदस्यको भर्चुअल बैठक गर्दे देउवा बिरुद्धको राणनीति तय गर्ने जनाईएको छ । कार्यकाल सकिएपनि महाधिबेशन  गर्न नसकेको र थप गरि काम चलाउको अबधीमा रहेका बेला मनोमानी ढ्रग बाट विभाग गठन, क्रियाशील सदस्यता वितरण ,भातृ  संस्थाको कार्यकाल थप लगायतका विषयमा दबाब दिन छलफल हुन लागेको हो ।

 सभापतिको काम प्रति निरन्तर बिरोध गर्दे आएको पौडेल समुहको कुरालाई देउवाले नटेरेपछि  नया रणनीति तय गर्न छलफल हुन लागेको हो ।  आजको बैठकले  एकक्षिय रुपमा गरिएका बिभागहरुको गठन  खारेजीका लागि दवाब दिनुका साथै सशक्त  प्रतिरोध गर्ने नेता अर्जुननरशिह केसीले जानकारी दिनुभयो ।