६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताउनुभएको छ ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन गर्न समितिका संयोजक लोकबहादुर विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डबाट ज्ञापनपत्र बुझेपछि उहाँले उक्त जानकारी दिनुभएको हो । “प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क गठन गर्छुु । त्यसलाई ७७ जिल्लामै डेस्क बनाउन निर्देश गर्छु,” गृहमन्त्रीले भन्नुभयो ।

जातीय विभेद निर्मूल गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो । “संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चिता हुनेगरी राख्नुपर्छ भन्ने मान्छे म हुँ । त्यही अनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो । जातीय विभेद निर्मूल हुनुपर्छ भनेर म सधैँ लागिपरेको छु,” गृहमन्त्रीले भन्नुभयो ।