• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा नेपाली कांग्रेसको प्रदर्शन (तस्विरहरु)



काठमाडौं । काँकडभिट्टा इनरुवा रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । 

ठेक्का प्रकृयाको विरोध गरिरेको कांग्रेसको भातृ संगठनका नेताहरुले आज माइतीघरमा प्रदर्शन गरेका हुन । ठेक्का प्रकृयाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै भातृ संगठनका नेताहरुले मौन विरोध प्रदर्शन गरेका हुन । महामारीको समयमा जनता कोरोनाबाट प्रभावित भइरहेको बेला सरकारले मिलेमलोमा ठेक्का दिएको उनीहरुको आरोप छ । अहिले उपत्यकामा निषेधाज्ञा जारी छ । 

संक्रमण्को जोखिम दिनदिनै बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाकै बीचमा कांग्रेसके भातृ संगठनका नेताहरु प्रर्दनमा उत्रिएका हुन । १२ जनामात्रै सहभागि भएर सामाजिक दुरी कायम गरी प्रदर्शन गरिएको उनीहरुले बताएका छन । रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई उनीहरुले आग्रह गरेका हुन । प्रदर्शनकै क्रममा प्रहरी आइपुगेपछि उनीहरु तितरवितर भएका थिए ।