२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

कोरोना प्रभाव: प्रधानन्यायाधीश मातहतमा रहेका योजनाको काम प्रभावित

कोरोना प्रभाव: प्रधानन्यायाधीश मातहतमा रहेका योजनाको काम प्रभावित
अ अ+ अ-

काठमाडौं । कोरोना महामारीका कारण प्रधानन्यायाधीश मातहतमा रहेका योजनाको काम प्रभावित बनेको छ । प्रधानन्यायाधीशको अध्यक्षमा गठित न्यायमा पहुँचका कामअन्तर्गत उत्पीडित र विपन्न वर्गका लागि न्यायमा पहुँच अभिवृद्धिको काम चैतयता ठप्प भएको छ । कोरोना भारइसको महामारीका कारण चैतयता लकडाउनका कारण न्यायमा पहुँचअन्तर्गत गर्ने पर्ने काम प्रभावित बनेको हो । महामारीसँगै सर्वोच्चसहित मुलुकभरका अदालतको न्यायिक कामसमेत प्रभावित बन्न पुगेको छ । समयावधि तोकेरसमेत काम गर्न सक्ने अवस्था रहेन । अदालतमा दैनिक तोकिने मुद्दाको पेसीसमेत पछिल्लो समय प्रभावित बनेको छ । कोरोनाका कारण बन्दी प्रत्यक्षीकरण, थुनछेक बहसबाहेक अन्य सबै काम प्रभावित भएका बेला प्रधान्यायाधीश मातहत रहने आयोगको कामसमेत प्रभावित हुन पुगेको हो ।

कोरोनाका कारण बालबालिका, ज्येष्ठ नागरिक, असहाय तथा आर्थिक विपन्नताका कारण न्यायको पहुँचबाट बाहिर रहेकाहरूलाई समेट्ने गरी न्यायमा पहुँच पु(याउने उद्देश्यले स्थापना भएका आयोगले काम गर्न सकेको छैन । कोरोना प्रभावले जेठ मसान्तभित्र सम्पन्न गर्नुपर्ने काम हुन सकेको छैन । न्यायमा पहुँच लक्षित योजनाको कामका लागि लक्षित वर्गसम्म पुग्न सक्ने अवस्था छैन । मानव संशोधन विकास तथा प्रशासन महाशाखाले कार्यान्वयन गर्ने गरी न्यायको पहुँचमा देखिएको समस्याहरू औंल्याउन प्रतिवेदन तयार गर्न वैशाखसम्म समय तोकिए पनि भदौ मसान्तसम्म आइपुग्दा काम हुन सकेको छैन । लक्षित वर्गको न्यायिक उपचारको विषयमा स्थानीय पदाधिकारी, शिक्षक, विद्यार्थी र सामाजिक परिचालकसम्मै पुग्ने योजना प्रभावित हुन पुग्यो ।

चैत मसान्तसम्ममा पूरा गरिसक्नुपर्ने यो काम रोकिएको छ । कार्यक्रम सम्पन्न गर्न राष्ट्रिय न्यायिक प्रतिष्ठानमार्फत प्रशिक्षण चलाउन भनिएको थियो । कारोबारमा रहेका कैदीबन्दीमा देखिएको समस्याका विषयमा अध्ययन र अनुगमन गर्ने, बाल सुधार गृहमा रहेका बालबालिकाको अवस्थाको विषयमा बुझेर प्रतिवेदन बनाउन समयसीमा जेठसम्म तोकिएको थियो । सो कार्यका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र बाल न्याय समन्वय समितिसँग समन्वय गर्ने भनिएको थियो ।

तर, कार्ययोजनाअनुसार काम हुन सकेन । लक्षित वर्गका व्यक्तिहरूको हक स्थापित गर्न स्थानीय तहसँग समन्वय गरेर देशभरको सबै स्थानीय तहमा गर्न लागिएको कार्यक्रम वैशाखमै सक्नुपर्ने थियो । कोरोना महामारीले काम अगाडि बढ्न सकेन । कोरोना महामारीका कारण देशभरका अदालतका कर्मचारीलाई दिइने प्रशिक्षणसम्बन्धी निर्देशिका तय गर्ने र अदालतबाट छिटो सेवाप्रवाह कसरी दिन सकिन्छ भन्ने विषयको काम अलपत्र बने । अदालतको कामको प्रभावकारिता बढाउन गर्नुपर्ने कामका लागि दिइने प्रशिक्षणसम्बन्धी विषय प्रभावित बन्न पुग्यो । समयतालिका तोकेर मन्त्रालयसँगको समन्वयमा देशव्यापी रूपमा न्यायमा पहुँच कार्यक्रम सम्पन्न गर्ने योजना तय भएको थियो ।

जेठ मसान्तभित्र अदालतमा सांकेतिक भाषाको प्रयोगसम्बन्धी अध्ययन प्रतिवेदनका आधारमा विज्ञको सूची तयार गर्ने काम रोकिन पुग्यो । सर्वोच्च महाशाखाको समन्वयमा सो योजना हुन लागेको थियो । महाशाखाले जेठमै विज्ञहरूको सूची रोस्टरमा राख्नुपर्ने गरी काम दिइएको थियो । राजधानी दैनिक