१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमाथि स्पेनको ४–० गोल अन्तरको जित



अ+ अ-

म्याड्रिड । स्पेनी फरवार्ड अन्सु फाती आइतबार आफ्नो देशका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी भएका छन् । उनको सोही प्रदर्शनको मद्दतमा स्पेनले आइतबार नेसन्स लिगमा युक्रेनलाई ४–० ले हरायो ।

कप्तान सर्जियो रामोसले दुई गोल गरे । त्यस्तै फातीले ३२औं मिनेटमा गोल गरे । यो उपलब्धि बनाउँदा उनी १७ वर्ष ३ सय ११ दिनका थिए । यस क्रममा उनले स्पेनी फुटबलको ९५ वर्ष पुरानो कीर्तिमान पनि भंग गरेका छन् ।

स्पेनका लागि चौथो गोल फेरान टोरेसले गरे । यही समूहमा जर्मनी र स्विट्जरल्यान्डले १–१ को बराबरी खेले । अन्य खेलमा ग्रिसले कोसोभोलाई २–१ ले हरायो भने सर्बिया र टर्कीले गोलरहित बराबरी खेले ।