३ भाद्र २०८३, बुधबार
,
Latest
चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमाथि स्पेनको ४–० गोल अन्तरको जित



अ+ अ-

म्याड्रिड । स्पेनी फरवार्ड अन्सु फाती आइतबार आफ्नो देशका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी भएका छन् । उनको सोही प्रदर्शनको मद्दतमा स्पेनले आइतबार नेसन्स लिगमा युक्रेनलाई ४–० ले हरायो ।

कप्तान सर्जियो रामोसले दुई गोल गरे । त्यस्तै फातीले ३२औं मिनेटमा गोल गरे । यो उपलब्धि बनाउँदा उनी १७ वर्ष ३ सय ११ दिनका थिए । यस क्रममा उनले स्पेनी फुटबलको ९५ वर्ष पुरानो कीर्तिमान पनि भंग गरेका छन् ।

स्पेनका लागि चौथो गोल फेरान टोरेसले गरे । यही समूहमा जर्मनी र स्विट्जरल्यान्डले १–१ को बराबरी खेले । अन्य खेलमा ग्रिसले कोसोभोलाई २–१ ले हरायो भने सर्बिया र टर्कीले गोलरहित बराबरी खेले ।