२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न, ‘कुन नैतिकताले अझै पदमा बस्नु भएछ ?’



अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अध्यादेशको अस्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निर्वस्त्र बनाइदिएको टिप्पणी गरेका छन् ।

रौतहटको यमुनामाई गाऊपालिकामा आज आयोजित बिशेष भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले झण्डै दुई तिहाई बहुमतको हावागफ दिने प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश पारित गर्नका लागि समान्य बहुमत समेत नभएको बताए ।

‘म प्रधानमन्त्रीज्यूसंग सोध्न चाहन्छु, तपाईले त झण्डै दुई तिहाईको बहुमतको शक्तिशाली सरकार भन्नुहुन्छ । तर तपाई आफैले ल्याएको अध्यादेश पारित गर्नका लागि तपाईसंग समान्य बहुमत छैन् । तपाई कुन नैतिकताले अझै पदमा बस्नुभएछ ?’, प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘तपाईले अध्यादेश संसदमा निर्णयार्थ पेश गरेर किन फिर्ता लिनुभो ?’

आफैले ल्याएको अध्यादेश पारित गराउँन नसक्ने प्रधानमन्त्रीले कुन नैतिकताका आधारमा कुर्सीमा बसिरहेको भन्ने प्रश्न गर्दै उनले अलिकति पनि देश र जनताको माया भए तुरुन्त कुर्सी छोड्न सल्लाह दिए ।

‘तपाई (ओली) आफैले ल्याएको अध्यादेशको अस्त्रले तपाई आफैलाई निर्वस्त्र बनाइदिएको छ । दुनियाले देखिरहेको छ तपाईसंग समान्य बहुमत पनि छैन् । त्यसैले तपाई कुर्सी छोड्दा नै देश र जनताको हित हुन्छ’ साहले भने ।

यस्तै आजपा अध्यक्ष साहले अहिलेको नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन नभई ओली र शेरबहादुर देउवाको स्वार्थको गठबन्धन भएको टिप्पणी गरे । उनले मुलुक र जनताको हितका लागि ओली र देउवाको बन्धनबाट देशलाई तत्काल मुक्त गर्नुपर्ने बताए ।

‘यो गठबन्धन अप्रजातान्त्रिक, अप्राकृतिक, अदृश्य एवं अनैतिक हो, यो केवल केपी शर्मा ओलीज्यू र शेरबहादुर देउवाज्यूको स्वार्थको बन्धन हो । दुनियाले हेरिरहेको छ यो स्वार्थको गठबन्धनले दलाल, बिचौलिया, भ्रष्टहरुको सेवामा समर्पित छ’ आजपा अध्यक्ष साहले भने, ‘विपी कोईरालालाई आदर्श मान्ने कांग्रेस र मदन भण्डारीलाई आदर्श मान्ने एमालेका नेताकार्यकर्ताले यो ठगबन्धनलाई कसरी स्वीकारेको होला?’

ओली र देउवाको स्वार्थ बन्धनबाट विपी र मदन भण्डारीलाई मान्ने कांग्रेस र एमालेका नेताकार्यकर्ता सहित मुलुक र जनता समेत पीडित भएकाले स्वार्थ बन्धनलाई बहिष्कार गरेर अगाडी बढनुपर्ने उनले बताए ।