२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/पाँच वर्ष लाग्ने

पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/पाँच वर्ष लाग्ने
अ अ+ अ-

काठमाडौं । कोभिड—१९ का कारण क्षतिग्रस्त पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/पाँच वर्ष लाग्ने सरोकारवालाले बताएका छन्। कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउनेमा सरोकारवालाले जोड दिए। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको सेजन अर्थनीति बहसअन्तर्गत पर्यटनको सम्भावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन्। नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायत निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए। कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए।

‘अब मास टुरिजमको एरा गयो’, पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने। उनले पर्यटन क्षेत्रमा केही नयाँ आविष्कार गर्न सके पर्यटक भित्र्याउन सकिने बताए। कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेको श्रेष्ठको भनाइ छ। नेपालमा पर्यटक भित्र्याउन ऐतिहासिक तथा नीतिगत व्यवस्था गर्न सके पर्यटक भित्र्याउन सकिनेमा श्रेष्ठको जोड छ। त्यसका लागि पर्यटकको स्वास्थ्य सुरक्षा तथा बिमाका कुरालाई समेटेर प्याकेज ल्याउन सकिने भन्दै यसतर्फ ध्यान पुर्याउनुपर्ने बताए।

त्यसैगरी, पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार÷पाँच वर्ष लाग्ने बताए। ‘ सन् २०२४(०२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न’, संयोजक शाक्यले भने। कोरोनाका कारण अर्थतन्त्रमै ठूलो समस्या भएकाले सरकारलाई पनि राजस्व उठाउन समस्या भइरहेका बेला सरकारको भर पर्नुभन्दा व्यवसायीले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताए। त्यसका लागि कर्मचारीको तलब, बैंकको ऋण र घर भाडालगायत खर्च कटौती गर्न पाउनुपर्ने बताए। पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन खर्च कटौतीको विकल्प नभएको संयोजक शाक्यले बताए। पर्यटन क्षेत्रको उत्थानका लागि बजेटमार्फत ल्याएको प्याकेजलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए।  दैनिक