४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्‍योः जनमत पार्टी



अ+ अ-

काठमाडौँ । जनमत पार्टीले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीलाई ज्यादती गरेको भन्दै आपत्ति जनाएको छ ।

संविधानले देशको कुनै पनि भागमा पेशा रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता दिएको प्रति महानगरलाई स्मरण गराउँदै जनमतले आपत्ति जनाएको हो ।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बुधबार विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कवाड व्यवसायीहरूलाई विस्थापित गर्ने, उनीहरूको भवन तथा व्यावसायिक संरचनामाथि अदालतको आदेशविरुद्ध समेत जबरजस्ती डोजर चलाउने कार्य गरेको उल्लेख गरेका छन् ।

व्यवसायीहरूमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गर्ने र आतंक मच्चाउने काम महानगरले गरेको जनमतको आरोप छ ।

साथै, नागरिकको संवैधानिक अधिकार खोस्ने ऐन, कानून वा नियमावली स्वतः खारेज हुने कुरा समेत जनमतले महानगरलाई स्मरण गराएको छ ।