२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला च्याम्पियनसिप खेल्न स्वदेश आइपुगिन् एञ्जिला



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छिन् ।

पछिल्लो समय ग्रीसमा व्यावसायिक फुटबल खेल्दै आएकी एञ्जिना घरेलु मैदानमा हुन लागेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न आज नेपाल आएकी हुन् ।

उनी एयर अरेबियाको फ्लाइटमार्फत आज दिउँसो १ बजे काठमाडौं अवतरण गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट खेल्दै आएकी एञ्जिला युरोपमा खेल्ने दोश्रो नेपाली खेलाडी हुन् । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आगामी फागुन ५ गतेदेखि १३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ ।

एन्फाले पहिलो पटक आयोजना गर्न लागेको चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपालसँगै किर्गिस्तान, म्यान्मार र लेबनानको सहभागिता रहनेछ ।