१२ बैशाख २०८२, शुक्रबार
April 25, 2025 Friday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.49

Wind: 1.54

Humidity: 55

तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला च्याम्पियनसिप खेल्न स्वदेश आइपुगिन् एञ्जिला



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छिन् ।

पछिल्लो समय ग्रीसमा व्यावसायिक फुटबल खेल्दै आएकी एञ्जिना घरेलु मैदानमा हुन लागेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न आज नेपाल आएकी हुन् ।

उनी एयर अरेबियाको फ्लाइटमार्फत आज दिउँसो १ बजे काठमाडौं अवतरण गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट खेल्दै आएकी एञ्जिला युरोपमा खेल्ने दोश्रो नेपाली खेलाडी हुन् । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आगामी फागुन ५ गतेदेखि १३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ ।

एन्फाले पहिलो पटक आयोजना गर्न लागेको चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपालसँगै किर्गिस्तान, म्यान्मार र लेबनानको सहभागिता रहनेछ ।