२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का



अ+ अ-

सियोल । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । 

सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । 

सामसुङ र भेरिजोनले यसअघि पनि संयुक्तरुपमा काम गरेका छन् । यसअघि सन् २०१८ मा सामसुङ टेक्नोलोजीले क्यालिफोर्निया, टेक्सास र इन्डियानाका ग्राहकका लागि फाइब–जीको पूर्वाधार निर्माण गर्न मद्दत गरेको थियो । 

दक्षिण कोरियाली कम्पनी सामसुङले मुख्य प्रतिस्पर्धी फिनल्यान्डको नोकियालाई पछि पारेको थियो ।

यो प्रतिस्पर्धामा चीनको हुवावेलाई पनि सहभागी हुन दिइएको थिएन । सन् २०१२ देखि नै हुवावेलाई अमेरिकी बजारमा पहुँच दिइएको छैन । अमेरिकी कङ्ग्रेसले हुवावेका प्रविधि खरिद गर्नबाट अमेरिकी कम्पनीमाथि रोक लगाएको छ । 

पछिल्लो समय ट्रम्प प्रशासनले युरोपेली मुलुकहरुलाई पनि हुवावेका प्रविधि खरिद नगर्न दबाब दिइरहेको छ । गत फेब्रुअरीमा अमेरिकी महान्यायाधीवक्ता विलियम बारले युरोपेली कम्पनीहरु नोकिया र एरिक्सनमाथि हुवावेका प्रविधिमाथि पुनर्विचार गर्न चेतावनी दिनु भएको थियो । 

विश्व बजारमा अहिले उच्च गतिको फाइब–जी नेटवर्क निर्माणमा हुवावे मुख्य प्रतिस्पर्धी भए पनि अमेरिकी नीतिहरुका कारण हुवावेमाथि संकट देखिएको छ । 




भर्खरै