७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा ११ कोरोना सङ्क्रमित थपिए



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ ।  आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
    
थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का छ जना छन् । नवलपरासीका सबै सङ्क्रमितलाई आइसोलेसन केन्द्र लगिसकिएको र कास्कीका सङ्क्रमितलाई आइसोलेसन केन्द्र लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ ।
    
निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म ५२ हजार ५२५ जनाको पिसिआरको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । ती मध्ये सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ छ भने ४९ हजार ९१३ जनामा सङ्क्रमण देखिएको छैन । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ८०७, निको हुनेको सङ्ख्या एक हजार ७८५ रहेको र २० जनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता समेत रहनुभएका भएका डा शर्माले बताउनुभयो ।