४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क च्याम्पियन्स ट्रफीबाट बाहिर, कप्तानीको जिम्मेवारी स्टिभ स्मिथलाई



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कले व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

क्रिकेट अष्ट्रेलियाले १५ खेलाडीको नयाँ सूची सार्वजनिक गरेको छ । १३ जनवरी घोषणा गरिएको टोलीमा ५ परिवर्तन छन् । प्याट कमिन्सको अनुपस्थितिमा स्टिभ स्मिथलाई टिमको कप्तानीको जिम्मेवारी दिइएको छ ।

अस्ट्रेलियाले प्याट कमिन्स, जोस हेजलवुड र मिचेल मार्सको चोटका कारण र मार्कस स्टोइनिसको सन्यासका कारण यसअघि नै परिवर्तन गर्नुपरेको थियो ।

स्टार्क बाहिरिएपछि टोलीले फेब्रुअरी १९ देखि पाकिस्तान र युएईमा हुने प्रतियोगितामा अग्रपंक्ति पेसर अट्याक बिना नै हुनेछ ।

अस्ट्रेलियाले बुधबार र शुक्रबार कोलम्बोमा श्रीलंकासँग दुई एकदिवसीय खेल खेल्दै च्याम्पियन्स ट्रफीको तयारी गर्नेछ । प्रतियोगिताको पहिलो खेल उसले २२ फेब्रुअरीमा इङ्ल्यान्डसँग खेल्नेछ, त्यसपछि दक्षिण अफ्रिका (२५ फेब्रुअरी) र अफगानिस्तान (२८ फेब्रुअरी) मा हुनेछ ।

अष्ट्रेलियाको च्याम्पियन्स ट्रफी टोलीः
स्टिभ स्मिथ (कप्तान), सेन एबोट, एलेक्स केरी, बेन ड्वार्सिस, नाथन एलिस, जेक फ्रेजर–म्याकगर्क, आरोन हार्डी, ट्राभिस हेड, जोश इंग्लिस, स्पेन्सर जोन्सन, मार्नस लाबुस्चेन, ग्लेन म्याक्सवेल, तनवीर सांघा, म्याथ्यू शर्ट, एडम जाम्पा ।




भर्खरै