४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

जनयुद्धमा भएको त्यत्रो ठूलो बलिदान कुनै ठट्टा होइन : पौडेल

जनयुद्धमा भएको त्यत्रो ठूलो बलिदान कुनै ठट्टा होइन : पौडेल
अ+ अ-

बागलुङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताउनुभएको छ । जनयुद्धका शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१ औँ स्मृति दिवसमा यहाँ उहाँले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने बताउनुभयो । 

“पार्टीमा अब विवाद छैन, स्थायी समिति बैठक पनि बस्दैछ, एकता सुदृढ बन्छ”, नेता पौडेलले भन्नुभयो, “शहीदका बलिदान खेर जान नदिन पार्टीलाई एकताबद्ध गर्नुको अर्को विकल्प छैन ।” गणतन्त्र स्थापनादेखि पछिल्लो राजनीतिक, सामाजिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानलाई कसैले पनि कम आँक्न नहुने उहाँको भनाइ छ ।

“कसैले हिजोको आन्दोलन र बलिदानलाई लिएर तुच्छ टिप्पणी गरेको हामी पाउँछौँ, त्यो अल्पज्ञान हो”, उहाँले भन्नुभयो, “जनयुद्ध समाज रुपान्तरणका लागि लिइएको सचेत पहलकदमी थियो ।” बागलुङ–२ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता पौडेलले शहीद वाग्लेलाई दृढ इच्छाशक्ति भएको क्रान्तिकारी व्यक्तित्वका रुपमा स्मरण गर्नुभयो ।

“उहाँसँगै एउटै समिति र मोर्चामा बसेर मैले पनि काम गर्ने अवसर पाएको थिएँ, विचार, राजनीतिमा पोख्त, शैन्यकौशल भएको र कुशल योजनाकारका रुपमा उहाँ चिनिनुहुन्थ्यो”, नेता पौडेलले भन्नुभयो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)द्वारा सञ्चालित जनयुद्धमा शहादत प्राप्त गर्नेमा वाग्ले सबैभन्दा उपल्लो तहको नेता हुनुहुन्थ्यो ।

पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य रहनुभएका गोरखाका वाग्ले र अर्का नेता पोखरेललाई पार्टी कामका सिलसिलामा हिँडिरहेका बेला आजकै दिन विसं २०५६ मा प्रहरीले हत्या गरेको थियो । स्मृति दिवस समारोहमा बोल्दै नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले शहीदले देखाएको बाटोलाई आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो ।

“जनयुद्धमा भएको त्यत्रो ठूलो बलिदान कुनै ठट्टा होइन, अहिलेका उपलब्धि ल्याउनमा त्यसको ठूलो भूमिका छ”, उहाँले भन्नुभयो, “राजनीतिक ढङ्गले परिवर्तन त गर्यौँ तर शहीदले देखेको समाजवाद हुँदै साम्यवादको लक्ष्यमा पुग्न हाम्रो व्यवहार, कार्यशैली सही छ त ? समीक्षा गर्नुपर्ने बेला भएको छ ।”