४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोसामाजिक समस्याविरुद्ध चनचेतना चलाउन प्रधानमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ का कारण सिर्जित मनो सामाजिक समस्याको संबोधन  गर्ने गरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सरोकारवाला सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशित गर्नुभएको छ । 

मंगलबार बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा उहाँले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुने उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा प्रा.डा सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्र.डा सरोजप्रसाद ओझा, प्रा.डा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गर्दै प्रधानमन्त्रीज्यूले आमन्त्रित गरेर सल्लाह सुझाव लिनुभएकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।

प्रधानमन्त्रीले  कोभिड९ १९ को प्रभावविरूद्द व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक  रहेकेो भन्दै  यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्न आब्हान गर्नुभयो ।