२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल विधेयकबारे अनलाइन टिभी पत्रकार संघद्वारा शिक्षा समिति सभापतिको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । अनलाइन टिभी पत्रकार संघ, नेपालले सामाजिक सञ्जाल विधेयक, २०८१ प्रति आपत्ति जनाउँदै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ ।

मंगलवार सिंहदरबारस्थित समितिको कोर्यकक्षमा समिति सभापति अम्मरबहादुर थापालाई भेटेर संघले ध्यानाकर्षण गराएको हो । संघले खबरदारी र आलोचना गर्न पाउने नागरिकको आधारभुत अधिकार विधेयकले कुण्ठित गरेको आरोप लगाएका छन् । अधिकार खोस्ने विधेयकमा रहेका प्रावधान नहटाइ विधेकय अघि नबढाउन उनीहरुको आग्रह छ । ज्ञापन पत्र बुझ्दै समिति सभापति थापाले सरोकारवालाहरुसँग सरसल्लाह नगरी विधेयक अघि नबढ्ने भन्दै सरोकारवालाहरुको राय, सल्लाह लिएर मात्रै विधेयक अघि बढाउने प्रतिवद्धता जनाउनु भयो । राज्यको चौथो अंगलाई अपमान गरेर अगाडि बढ्न नसकिने बताउनु भयो ।

संघले सोही ज्ञापन पत्र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई पनि बुझाएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख सचेतक बर्तौलाले सरकारले ल्याएको विधेयक जस्तोको त्यस्तै संसदबाट कहिले पनि पारित नभएको बताउनु भयो । सार्वजनिक सरोकार राख्ने निकायहरुले यसका राम्रा पक्षलाई जीवन्त राख्दै यसका कतिपय प्रावधानलाई व्यवस्थित गर्न आएका सुझावलाई कानूनको अंग बनाएको बताउनु भयो । विधेयक राम्रा गर्नेहरुप्रति लक्षित नरहेको बताउनु भयो । कसैको अभिव्यक्ति थुन्नका लागि विधेयक नल्याइएको बताउनु भयो ।

उहाँले सामाजिक सञ्जालमा मौलाएको अराजकतालाई नियमन गर्न विधेयक ल्याइएको बताउनु भयो । समाजमा उद्दण्डता मच्चाउनेहरुका लागि विधेयक ल्याइएको बताउनु भयो ।