१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्ष खेलाडीको अवार्ड- केभिन डे ब्रुएना



अ+ अ-

लन्डन । म्यानचेस्टर सिटीका मिडफिल्डर २९ वर्षीय खेलाडी केभिन डे ब्रुएनाले मंगलबार व्यावसायिक फुटबल संघको वर्ष खेलाडीको अवार्ड जितेका छन् । उनले यस उपलब्धिका लागि आफ्ना व्यवस्थापक पेप ग्वार्डिओलालाई श्रेय दिएका छन् ।

महिलातर्फ चेल्सीकी बेथ इंग्ल्यान्डले यो उपाधि हात पारिन् । उनको उत्कृष्ट प्रदर्शनमा चेल्सीले महिलाको सुपर लिग लिग कप दुवै जितेको थियो ।

लिभरपुलका ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड वर्षका युवा खेलाडी घोषित भए । डे ब्रुएनाले यो उपाधिका लागि लिभरपुलका भर्जिल भान डाइक, साडियो माने, जोर्डन हेन्डरसन र आफ्नै क्लबका रहिम स्टर्लिङलाई उछिनेका थिए ।