९ श्रावण २०८३, शनिबार
,
Latest
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश संवैधानिक हो, अस्वीकार गर्नुको औचित्य छैनः सांसद शेर्पा



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले अध्यादेश संवैधानिक भएकाले अस्वीकार गर्नुको कुनै कारण नरहेको बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यादेश संवैधानिक व्यवस्था भएकाले सबैले स्वीकार गर्नुपर्ने बताउनु भयो ।

उहाँले आफूलाई पायक पर्दा स्वीकार्ने, पायक नपर्दा अस्वीकार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनु भयो । विगतमा अध्यादेश आफ्नो स्वार्थका लागि आएको भन्दै अहिले स्वार्थ केन्द्रित अध्यादेश नभएको बताउनु भयो । उहाँले जनताको हितमा, लगानीमैत्री वातावरण बनाउन, सुव्यवस्थित समाज निर्माणका लागि अध्यादेश ल्याइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अध्यादेश संवैधानिक व्यवस्था हो । संवैधानिक व्यवस्था सबैले स्वीकार्नुपर्छ । हामी संवैधानिक व्यवस्थालाई स्वीकार्ने अधिकार लिने तर आफूलाई पायक पर्दा स्वीकार्ने, पायक नपर्दा अस्वीकार गर्ने जुन किसिमको हाम्रो प्रवृत्ति छ, त्यसलाई निरुत्साहित गर्नुपर्छ । अध्यादेश विगतमा पनि आएका थिए । तर विगतमा आफ्नो स्वार्थका लागि अध्यादेश ल्याइएको थियो । जस्तो पार्टी फुटाउने । पार्टी फुटाइसकेपछि, आफ्नो स्वार्थ पूरा भइसकेपछि फेरि अध्यादेश निष्क्रिय बनाउने गरिएको थियो । तर वर्तमान सरकारले अध्यादेश जनताको हितमा ल्याएको छ, लगानीमैत्री बनाउन, सुव्यवस्थित समाज निर्माणका लागि ल्याएको छ ।’

उहाँले द्रुत गतिमा संसदमा काम गर्न नसके देशलाई अग्रगति दिन नसकिने बताउनु भयो ।