काठमाडौं । ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुई जना युवाविरुद्ध पाँच दिनको म्याद थप भएको छ ।
पक्राउ परेका दुई युवाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यहारको कसुरमा पाँच दिनको म्याद भएको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।
पक्राउ परेका दुवैजना अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत तथा नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध रहेका छन् ।
उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको प्रहरीको टोलीमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणको सिसिटिभी फुटेजको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।










