२९ भाद्र २०८३, सोमबार
,
Latest
इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर कोरोना नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । 

शनिबार एमाले नेताहरु सुवास नेम्वाङ, योगेश भट्टराईलगायतले प्रधानमन्त्रीसमक्ष सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कोरोनाको ओमिक्रोन भेरियन्टबाट नागरिक आतंकित भइरहेका बेला सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कुनै उल्लेख्य पहल नगरेको एमालेले आरोप लगाएको छ । 

एमाले नेता सुवास नेम्वाङले ध्यानाकर्षणपत्र प्रधानमन्त्री देउवालाई बुझाएका हुन् ।

ध्यानाकर्षणपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको र खोपका लागि प्रयास गरिरहेका जनाएका छन् ।