६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डविरुद्ध भारतको अर्को सहज जित, रोहित शर्माको शतक



अ+ अ-

काठमाडौँ। इंग्ल्याण्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला घरेलु टिम भारतले एक खेलअगावै जितेको छ ।

आइतबार राति ४ विकेटको जित निकालेसँगै भारतले सिरिज एक म्याच अगावै आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा पनि भारत चार विकेटले नै विजयी भएको थियो । दोस्रो खेलमा इंग्ल्याण्डले दिएको ३ सय ५ रनको लक्ष्य भारतले ४४.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

भारतका लागि कप्तान रोहित शर्माले शतकीय पारी खेले । उनले ९० बलमा १२ चौका र सात छक्काको मद्दतमा ११९ रनको पारी खेलेका हुन् ।यो उनको एकदिवसीय क्रिकेटमा ३२औँ शतक हो।

त्यसअघि टस जितेर पहिला ब्याटिंङ गरेको इंग्ल्यान्डले ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै ३०४ रन बनाएको थियो। योसँगै भारतले ३ खेलको शृंखलामा एक खेलअघि नै २-० ले जितेको छ। अब शृंखलाको अन्तिम खेल बुधबार हुँदै छ।