काठमाडौं । स्पेनिस फुटबल लिग ला लिगा अन्तरगत बार्सिलोनाले सहज जित निकालेको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई उसकै घरेलु मैदानमा ४-१ गोलले हराएको हो ।
बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, फेर्मिन लोपेज, राफिन्हा र एरिक गार्सियाले गोल गरे । सेभियाका रुबेन भार्गासले एक गोल फर्काए ।
खेलको ६२ औं मिनेटमा बार्सिलोनाका गोल स्कोरर लोपेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर सेभियाले त्यसको फाइदा उठाउन सकेन ।
यो नतिजासँगै ला लिगाको अङ्कतालिका रोचक बनेको छ । शीर्षस्थानको रियल मड्रीडको ५०, दोस्रो स्थानको एट्लेटिको मड्रीडको ४९ र तेस्रो स्थानको बार्सिलोनाको ४८ अङ्क छ ।
यता सेभिया भने २८ अङ्कका साथ १३ औं स्थानमा छ ।










