२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरु राजनीतिमा नलागेको बताउनुभएको छ ।

आईतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताउनु भयो ।

उहाँले नागरिकले तत्काल नतिजा खोज्ने गरेको भएपनि त्यसका लागि धैयर्ता राख्नुपर्ने बताउनु भयो । उहाँले आफू तत्काल प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि नभइ विचार स्थापित गरेर देशलाई निकास दिन राजनीतिमा आएको बताउनु भयो ।

अध्यक्ष राउतले भन्नुभयो, ‘हामी राजनीति गरेको, नयाँ पार्टी खोलेको, नयाँ पार्टी स्थापना गरेको एक वर्ष, दुई वर्ष हुन पाएको हुँदैन, प्रथम महाधिवेशन बल्ल हुँदैछ, हामी के आशा गर्छौं भने यसले तुरुन्तै देशलाई निकास नै दिन सकेन, यसले खै प्रधानमन्त्री बनाउन सकेको ? यसले खै संसदलाई नियन्त्रण गर्न सकेको, यसले खै कानून बनाउन सकेको भन्ने एकैचोटी हामी आशा गरिदिन्छौँ ।

धैयर्ता राख्नु आवश्यक छ । जुनसुकै नयाँ पार्टीका कुरामा म भन्न चाहन्छु, त्यो धैयर्ता हामी नेतृत्व वर्गमा पनि चाहिन्छ, हामी तुरुन्तै प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ । त्यसमा समय लाग्छ । त्यो यत्तिकै रातारात हुनेकुरा होइन ।’

अध्यक्ष राउतले पुराना राजनीतिक दलहरुबाट सिकेर नयाँ पार्टी अघि बढ्नुपर्ने बताउनु भयो । पुराना राजनीतिक दलहरु पनि रातारात नआएको बताउनु भयो ।




भर्खरै