१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको छः माओवादी सांसद शर्मा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूसहितका धेरै सांसदहरले बारम्बार संसदमा जाजरकोटको भूकम्पबाट भएको क्षति र त्यसको पुनःनिर्माणबारे ध्यानाकर्षण गराएपनि सरकारले अहिलेसम्म पुनःनिर्माण गर्न र पीडितलाइ सुरक्षित बासस्थानमा सार्न नसकेको बताउनु भयो ।

उहाँले दोस्रो किस्ताको वितरण नभएको बताउनु भयो । सरकारबाट भएको ढिलासुस्तीबाट जनता समस्यामा परेको बताउनु भयो । आफैँ निर्माण शुरु गरेका केही नागरिकहरुले निर्माण सामग्रीको अभाव, कामदार अभाव लगायतको समस्या झेल्नुपरेको बताउनु भयो । असथायी आवास निर्माणको स्थिति हेर्दा पुनः निर्माणमा झन ढिलाइ हुने स्थिति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विशेष गरेर धेरै पटक यो संसदमा उठाइसकेको, उठिसकेको र अहिले झन्डै दुई तिहाईको नजिक रहेको सरकार यो बहुमतको ट्याब्लेट खाएर निदाइरहेको स्थिति छ । फेरि म जाजरकोट भूकम्पको बारेमा आफ्ना भनाइ राख्दछु । हामी १७ औं अधिवेशनको संघारमा छाँै । सदनमा धेरै पटक भूकम्पका विषयमा कुरा उठिरहेको छ । सरकारले सच्याउने मेहनत गर्दैन । विगत कार्तिक १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोटमा ४८ हजार ५ सय १६, रुकुम (पश्चिम) मा ३४ हजार ९९७, सल्यानमा ४ हजार ४०७ घरमा क्षति पुगेको स्थिति छ ।’

सांसद शर्माले सरकारले दिएको रकमले २ कोठा पनि बनाउन नमिल्ने बताउनु भयो । सरकार पुनःनिर्माण कार्यविधि समेत हचुवाको भरमा बनाएको आरोप लगाउनु भयो ।