११ असार २०८३, बिहीबार
,
Latest
रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको पाटनबाट चार वर्षीय बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१२ स्थित पाटन बस्ने ४ वर्षीय जिरे भन्ने पल चेपाङलाई अपहरण गरेको आरोपमा प्रहरीले भियतनामी नागरिक माई होङ्ग किन्हालनलाई पक्राउ गरेको हो ।

बिहीबार चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । उनलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । आरोपीले सो गेस्टहाउसमा बालकलाई बन्धक बनाएर राखेको पाईएको छ ।

पक्राउ परेका भियतनामी नागरिकले बसको टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत गरेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले उनको साथबाट चक्कु, बसको टिकट, नक्कली भारतीय आधार कार्ड, भियतनामी मुद्रा, तीन थान मोबाइल र ल्यापटपसमेत बरामद गरेको छ ।

बालकलाई पाटन अस्पतालमा उपचार गराई परिवारको जिम्मा लगाइएको छ ।