१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन

मेक्सिकोमा बस दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु

मेक्सिकोमा बस दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु
अ अ+ अ-

एजेसी । मेक्सिकोको दक्षिणी क्षेत्रमा बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको पत्यक्षदर्शीले बताएका छन् ।

स्थानीय अधिकारीले अहिलेसम्म मृतक सङ्ख्या पुष्टि गर्ने आधिकारिक विवरण सार्वजनिक गरेका छैनन् ।

स्थानीय समयअनुसार शनिबार बिहान रिसोर्टहरूको शहर क्यानकुन र ताबास्को राज्यकोबीचमा यात्रा गरिरहेको एउटा बस एस्कार्सेगा शहरमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

अधिकारीहरुले नौ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् भने स्थानीय सञ्चारमाध्यमले कम्तीमा ३० जनाको मृत्यु भएको समाचारमा जनाएका छन् ।

एस्कारसेगा रहेको क्याम्पेचे राज्यकी प्रशासन प्रमुख एलिसा हर्नान्डेजले भन्नुभयो, “हामीसँग मृत्यु हुनेको आधिकारिक सङ्ख्या अझै प्राप्त भइसकेको छैन । मृतकको शरीर क्षतविक्षत भएकोले तिनीहरूलाई सङ्कलन गरी पहिचान गर्ने कमाम भइरहेको छ ।”

ताबास्को राज्यका गभर्नर जाभियर मेले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ , “यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा भयानक दुर्घटना भएको छ र यस दुःखद् क्षणमा हामी मृतकका परिवा्जनमा समवेदना प्रकट गर्दछौँ ।”

“हामी दुर्घटनापछिको आवश्यकता अनुसार सङ्घीय र क्याम्पेचे अधिकारीहरूसँग समन्वय गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

साँझसम्ममा ताबास्को राज्यको महान्यायाधिवक्ताको कार्यालयले एक विज्ञप्ति जारी गर्दै क्याम्पेचेका अधिकारीहरू र फरेन्सिक विज्ञान निर्देशनालयसँग मिलेर ‘पीडितहरूको पहिचान गर्न सहज हुने आनुवंशिक परीक्षण’ गर्न काम गरिरहेको बताएको छ।

“प्रभावित परिवारप्रति हाम्रो समवेदना छ,” विज्ञप्तिमा भनिएको छ।

बस सञ्चालन गर्ने कम्पनीले अनुसन्धानका लागि अधिकारीहरूसँग पनि सहकार्य गरिरहेको जनाएको छ ।

’हामीले आफ्ना प्रिय सहकर्मी, सेवाग्राही र साथीहरू गुमाएका छाँैं,’ विज्ञप्तिमा भनिएको छ। “यस कठिन समयमा हामी उनीहरूको प्रशासनसँगको ऐक्यबद्धता र समझदारीको कदर गर्दछौँ।”