१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा नेकपाका नेता कार्यकर्ता– नेतृत्व पारदर्शी हैन अपरम्पारदर्शी भयो !



अ+ अ-

काठमाडौं । नेकपा बिदेश बिभागका उपप्रमुख तथा केन्द्रिय सदस्य बिष्णु रिजालले नेकपा पारदर्शी हुदै गएको भन्दै नेतृत्व प्रति ब्यङ्ग गरेका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने नेता रिजालले फेसबुकमा पोष्ट गरेका छन् । 

नेकपा कम्ती पारदर्शी छ त ? कार्यदलले तयार पारेको प्रतिवेदन छलफल त के सचिवालय सदस्यकै हातमा नपुग्दै पीडीएफ फाइल नै बाहिर आयो । अनि अध्यक्षद्वयले तयार गरेको प्रतिवेदन स्थायी समिति सदस्यहरुको हातमा पुग्दानपुग्दै हुबहु सार्वजनिक भयो । छलफलै नभई सार्वजनिक गर्न कति हतार हो रु बैठकमा सम्म त पेस हुन दिए हुने नि । 

अध्यक्षद्वयले तयार गरेको प्रतिवेदनमा भने नेतृत्वका बारेमा सामाजिक सञ्जलमा आलोलचात्मक पोष्ट गर्न नपाईने  उल्लेख छ । रिजालको पोष्ट माथी नेकपा नेता निरज आचार्यले अबको वैठक बाहिर माईक राखेर गर्दा सजिलो, केहिले लाईभ गर्छन् । सवैलाई घरमै बेर बैठक सुन्न र धारणा बनाउन र विश्लेषण गर्न सजिलो हुने भन्दै टिप्पणी गरेका छन् । यसैगरी अर्का नेता उर्बादत्त पन्तले पनि पारदर्शी मात्रै हैन अपरम्पारदर्शी पनि भन्दै टिप्पणी गरेका छन् ।