९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण

पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
अ अ+ अ-

काठमाडौँ । विश्वका सातवटै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियान थाल्नुभएका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण गर्नुभएको छ ।

अर्जेन्टिनास्थित माउन्ट अकोन्कागुआको बिहीबार ९यही फेब्रुअरी ६ तारिख० सफलतापूर्वक आरोहण गरेको पाण्डेले आज राससलाई जानकारी दिनुभयो । आरोहणपछि त्यहाँबाट उहाँले आरोहण गरेको प्रमाणपत्रसमेत प्राप्त गरिसक्नुभएको छ ।

आरोही पाण्डेले अकोन्कागुआको शिखरमा स्थानीय समयअनुसार बिहीबार बिहान ७ः५० बजे चन्द्रसूर्य अङ्कित नेपाली राष्ट्रिय झन्डा फहराउनुभएको थियो । उक्त चुचुरो छ हजार नौ सउ ६१ मिटर अग्लो छ । उहाँले आगामी बुधबारसम्ममा नेपाल आइपुग्ने भिडियो कुराकानीमार्फत जानकारी दिनुभयो ।

सातै महादेशका उच्च शिखरहरुको आरोहण गर्ने अभियानअन्तर्गत पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झन्डा लिई जनवरी २१ मा अर्जेन्टिनाको ब्युनस आयर्सतर्फ प्रस्थान गर्नुभएको थियो ।

पर्वतारोहणको क्षेत्रमा विशेष मानिने सेभन समिट अभियानमा उहाँको यो चौथो हिमाल आरोहण हो भने समग्रमा उहाँको यो ११औँ आरोहण भएको पनि पाण्डेले जानकारी दिनुभयो । उहाँ सन् २०२२ देखि यस अभियानमा हुनुहुन्छ । यस अभियानमा उहाँसँग कीर्तिमानी पर्वतारोही चतुर तामाङ पनि हुनुहुन्छ ।

आरोही पाण्डेले यसअघि आरोही तामाङसँगै रुसमा रहेको सर्वोच्च युरोपेली हिमाल माउन्ट एलब्रुस चढ्नुभएको थियो । पाण्डेले तान्जानियामा रहेको अफ्रिकी महादेशको उच्च हिमशिखर किलिमन्जरोको पनि सफल आरोहण गरिसक्नुभएको छ । उहाँले स्वदेशमा रहेको किलर माउन्टेन भनिने मनास्लु हिमाल र टेक्निकल मानिएको आमादब्लम हिमालको पनि सफल आरोहण गरिसक्नुभएको छ ।

उचाइ धेरै नभए पनि यो आरोहण निकै चुनौतीपूर्ण रहेको बताउँदै आरोपी पाण्डेले उक्त क्षेत्रमा छिटोछिटो परिवर्तन भइरहने मौसमका कारण आरोहण सगरमाथा चढे जतिकै कठिन महसुस गरिएको भिडियो कुराकानीमार्फत जानकारी दिनुभयो ।

नेपाली झन्डासँगै नेपाल स्काउट र रोटरी इन्टरनेसनल समेतका सामाजिक संस्थाहरुको झन्डा पनि ती संस्थाहरुको प्रतिनिधित्व गर्दै आफूले फहराउन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो ।

हिमाल आरोहण अभियानकै क्रममा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताउँदै आरोपी पाण्डेले स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया पनि गरेको जानकारी दिनुभयो ।

जलवायु परिवर्तनका कारणले नेपालसहित जैविक विविधिता युक्त तथा विशिष्ट भौगोलिक अवस्थिति भएका मुलुकले अनपेक्षित क्षति र समस्याहरू व्यहोर्नु परिरहेको उहाँले उल्लेख गर्नुभयो । आफ्नो आरोहण भ्रमणले नेपाल र अर्जेन्टिनाबीच दौत्य सम्बन्धमा टेवा पुग्ने र साहसिक पर्यटनको क्षेत्रमा नेपाललाई दक्षिण अमेरिकी महादेशमा थप परिचित गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सेभेन समिट अभियानमा अब उत्तर अमेरिकी महादेशको हिमाल आरोहण गर्ने लक्ष्य रहेको बताउँदै पाण्डेले भन्नुभयो, “संयुक्त राज्य अमेरिकामा रहेको डेनाली हिमालको आरोहण मेरो लक्ष्य हो ।”

सन् २०१८ मा पहिलोपटक सगरमाथा चढ्नुभएका पाण्डेले क्रमशः अन्य महादेश तथा क्षेत्रका हिमालहरू आरोहण गर्दै नेपालमा आएर सगरमाथामा सेभेन समिट अभियानको समापन गर्ने योजना रहेको पनि जानकारी दिनुभयो । रासस