९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतगणना सुरु

कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतगणना सुरु
अ अ+ अ-

काठमाडौँ। नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि आज मतदान सकिएर मतगणना सुरु भएको छ । परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताको निर्वाचन मण्डलबाट एक जनाको हिसाबले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षद्को चयन गर्नुपर्ने व्यवस्थाअनुसार बागमती प्रदेश पार्षद्का लागि आजै मतदान भएको थियो ।

बागमती प्रदेश निर्वाचन समन्वय समितिका प्रमुख वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बागमती प्रदेश पार्षद्को सर्वोच्च अदालत परिसरमा मतदान सम्पन्न भइ मतगणना सुरु भएको हो । उनका अनुसार चार हजार एक सय ७९ मत खसेको छ । बागमती प्रदेशमा आठ हजार दुई सय मतदाता रहेका छन् ।

सातै प्रदेशमा एकरएक पार्षद् छान्नका लागि देशभर ११ हजार मतदाता रहेका छन् । परिषद्को बागमती प्रदेश पार्षद्का लागि प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले उम्मेदवारी दिएका छन् ।

महान्यायाधीवक्ताको अध्यक्षतामा रहने परिषद्को उपाध्यक्षमा नेपाल बार एसोसियसनका निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतका रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयका डिनसहित सात प्रदेशबाट सात जना पार्षद् चयन हुन्छन् । यसअघि बागमती प्रदेशको पार्षद्मा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका थिए । परिषद्को पार्षद्को पदावधि पाँच वर्षको हुनेछ । रासस