१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित

मानवीय सहायता सामग्री अफगानिस्तान पठाइँदै

मानवीय सहायता सामग्री अफगानिस्तान पठाइँदै
अ अ+ अ-

काठमाडौ । ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ ।  परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औंषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आईतबार (भोली) विमानमार्फत् अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी गराउनु भएको हो ।

शनिबार अपरान्ह न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले अन्तराष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चीत्कार सुनेपछि आफूले नेपाल सरकारले तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको स्पष्ट पार्नु भयो । मन्त्री खड्काले नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दावी समेत गर्नु भयो ।

उहाँका अनुसार भोलीनै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ । नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीहरुमा औंषधिउपचार, लत्ता कपडा र अन्य आवश्यकीय घरायशी सामानहरु रहेका छन ।

परराष्ट्रमन्त्री खड्काले भन्नुभयो, ‘यो एउटा नेपालको अन्तराष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण मिसन हो– यो । अभियानै हो । हामीले अफगानिस्तानका लाखौंलाख जनताहरु जो, भोकमरी, त्यस्तै गरेर खाद्यन्नको अभाव, लत्ताकपडा र धेरै ठूलो औषधिउपचारको संकटमा हुनुहुन्छ । उहाँहरुको चीतकार दिनैपिच्छे हामीहरुले अन्तराष्ट्रिय मिडियामा हेर्ने गरिराखेका छौं । यस सन्दर्भमा हामी यो दक्षिण एशीयाली परिवारको एउटा सदस्यको नाताले र अफगानिस्तान पनि त्यहीँ फ्यामिलीको एउटा सदस्य भएको नाताले हामीले हाम्रो एउटा नैतिक जिम्मेवारी पनि ठानेर हामीले एउटा मानवीय सहयोग जुटाउने प्रयास गरिराखेका छौं । र, भोली यो मानवीय सहयोग लिएर यहाँबाट हवाईजहाज जान्छ । र हवाईजहाज कावुलमा गएर संयुक्त राष्ट्र संघका प्रतिनिधि, जो महासचिवको यस क्षेत्रको प्रतिनिधि हुनुहुन्छ । उहाँलाई ह्याण्डओभर गर्ने । र उहाँले आफ्नो–आफ्नो निकायमा कसरी हुन्छ, त्यो वितरण गर्नु हुनेछ । यसमा खास गरेर संयुक्त राष्ट्र संघले तीन वटा क्याटोगरीको सामान दिएको थियो । एउटा, औषधि उपचार । दोस्रो, लत्ताकपडा –न्यानो कपडाहरु) । र, अर्कोचाँही आवश्यक घरायसी सामानहरु । जस्तैः चिया खाने कपहरु, भाँडाकुडा, गिलासहरुको लिष्ट छ । त्यो सामानहरु चाँही हामीले भोली हवाईजहाजमा लिएर जान्छौं र त्यहाँ भोली संयुक्त राष्ट्र संघलाई नेपाली जनताको तर्फबाट अफगानिस्तानको जनताका लागि हस्तान्तरण गर्ने कार्यक्रम छ । मलाई लाग्छ– नेपालको इतिहासमा सबभन्दा पहिलो चोटी प्लेननै लिएर सामान लिएर एउटा छिमेकी राष्ट्रको, छिमेकी भन्दा नि एउटा दक्षिण एशीयाली संगठनको सदस्य राष्ट्रको नाताले पनि हामीहरुले एउटा ठूलो सहयोग प्रदान गर्नेछौं ।’

मन्त्री खड्काले यो सहायता सामग्री वितरणपछि नेपालको छवी अन्तराष्ट्रिय जगतमा बढ्ने र नेपाल विश्वका कुनै पनि भेगका नागरिकलाई मानवीय सहायता गर्न समक्ष भन्ने सन्देश जाने स्पष्ट पार्नु भयो । उहाँले नेपालले विपद्मा आफूले सहायता लिने तर अरुलाई सहायता नदिने छवी सुधारका लागि पनि अफगानिस्तानका नागरिकलाई मानवीय सहायता पठाउने सोच आफूले अघि सारेको बताउनु भयो ।

मन्त्री खड्काले भन्नु भयो, ‘हामीलाई यो पनि देखाउनुपर्नेछ कि–हामीलाई यहाँ प्राकृतिक प्रकोप वा अन्य खालको ठूला दैवीप्रकोप पर्दाखेरी हामीले सहयोग त लिन्छौं नै । र, हाम्रो सधैंभरी बाहिरबाट अन्तराष्ट्रिय इमेज कस्तो भएको छ त भन्दाखेरी हरेक कुरामा हामी माग्ने, अर्काको भरपर्ने खालको इमेज बाहिर गयो । त्यो इमेजलाई हामीले सुधारेर अन्तराष्ट्रिय जगतमा नेपालले पनि गर्न सक्छ, नेपालको पनि त्यो क्षमता छ । र, संकट परेको बेला नेपालले पनि निकै ठूलो स्केलमै पनि सहयोग गर्न सक्छ भन्ने एउटा सन्देश पनि दिन्छ । जसले गर्दाखेरी नेपालको इमेज अरुबाट लिने मात्र होइन् हामीले अरुलाई पर्दाखेरी दिन सक्ने क्षमता छ र त्यो संस्कार छ । हामी मनका धनी छौं । र विश्वका कुनै पनि भेगका जनता धेरै ठूलो समस्यामा पर्नु भयो भने उहाँहरुलाई सहयोग गर्नुपर्ने दायित्वको एउटा नयाँ सुरुवात हो यो ।’

नेपालले पठाउने सो सहायता सामग्री सुरक्षित ढंगले विमानमार्फत् लैजाने र सुरक्षित ढंगले हस्तान्तरण गरेर फर्काउने व्यवस्था गर्न धेरै ठूलो कोसिस गर्नु परेको पनि मन्त्री खड्काले बताउनु भयो । उहाँले त्यसका लागि संयुक्त राष्ट्र संघ, भारत सरकार, नेपालस्थित विभिन्न देशका राजदुतहरुको ठूलो सहयोग रहेको पनि स्मरण गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘यो एउटा मानवीय सहयोगको मिसन हो, मैले भनि हाले । यो मिसनमा संयुक्त राष्ट्र संघ, यहाँका हाम्रा मिसनहरुको ठूलो सहयोग छ । सरकारलाई एक पैसाको दायित्व नपारीकन यो एउटा अभियान हो । देशको इमेज बिल्डर गर्न, हाम्रो क्षमता छ भन्ने कुरा सावित गर्न एउटा मिसन हो यो । संयुक्त राष्ट्र संघ, त्यसै गरेर बाटोमा पर्ने एयर स्पेस, हामीले ओभर फ्लाईट परमिसन भारतको पनि प्राप्त भएर मुख्य कुरा कावुलमा हाम्रो जहाज ल्याण्ड गर्दाखेरी सबै सुरक्षाको प्रबन्ध र सुरक्षित तरीकाले ह्याण्डओभर गर्ने र सुरक्षित तरिकाले हाम्रो जहाज स्वदेश फिर्ता गर्ने व्यवस्था गर्न धेरै मेहनत गर्नु प¥यो । त्यसका लागि संयुक्त राष्ट्र संघ, नेपालस्थित राजदुतहरुको ठूलो सहयोग छ ।’

संयुक्त राष्ट्र संघले यो हिउँदमा अफगानिस्तानमा ठूलो भोकमरीको समस्या आउने जनाएको छ । लाखौंको संख्यामा बालबालिकाहरु खानाको अभावमा मर्ने उसले चेतावनी दिँदै मानवीय सहायताका लागि विश्व समूदायलाई अपिल गर्दै आएको छ ।