११ असार २०८३, बिहीबार
,
Latest
अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित निर्वाचन मितिबारे नेपाल मुुस्लिम सङ्घको आग्रह



अ+ अ-

काठमाडौ । नेपाल मुस्लिल सङ्घले निर्वाचन आयोगले आगामी वैशाखमा प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनको मितिमा पुनर्विचार गर्न आग्रह गरेको छ । निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन आगामी विसं २०७९ वैशाख १४ र २० गते प्रस्ताव गरेकामा त्यस समयमा मुस्लिम समुदायको रमजान ब्रत तथा इद पर्वपर्ने भन्दै सो मितिमा पुनर्विचार गर्न नेपाल मुस्लिम सङ्घले आग्रह गरेको हो ।

सो सङ्घका उपसभापति अताबुल मन्सुरीले विज्ञप्ति प्रकाशन गरी आगामी चैतको १९ गतेदेखि वैशाखको २० गतेसम्म एक महिनासम्म मुस्लिम समुदायको रोजा उपासना र इद पर्व परेकाले प्रस्तावित निर्वाचनमा उम्मेदवार बन्न तथा मतदानकै लागि पनि मुस्लिम समुदायलाई गाह्रो पर्ने बताउनुभएको छ ।

त्यसैले प्रस्तावित उक्त निर्वाचनको मितिमा पुनर्विचार गर्न सङ्घले निर्वाचन आयोग र नेपाल सरकारसँग आग्रह गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल मुस्मिल सङ्घका निवर्तमान सभापति अब्दुल सतारले नेपालको करिब पाँच प्रतिशत रहेको मुस्लिम समुदायका नागरिकलाई उक्त प्रस्तावित मितिको निर्वाचनमा उम्मेदवार बन्न तथा मतदानकै लागि पनि गाह्रोपर्ने भन्दै सो मितिमा पुनर्विचार गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “मतदान गर्नै गाह्रो हुने त होइन तर पनि महिना दिनसम्म उपासनाको पर्व परेकाले उम्मेदवार बन्न या निर्वाचन प्रचारकै लागि पनि समस्या हुने भएकाले यस व्यावहारिकतालाई मध्यनजर गरी यसमा पुनर्विचार होस् भनी म निर्वाचन आयोग र नेपाल सरकारलाई आग्रह गर्दछु ।” रासस