९ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारु समुदायको कला, सीप र संस्कृतिको संरक्षण गरौँ : शेरबहादुर देउवा



अ+ अ-

काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवाले थारू समुदायको कला, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।

अन्तरप्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको शनिबार दंगीशरण गाउँपालिकाको चखौरामा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन्।

‘हाम्रा मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आर्थिक आम्दानीसँग जोड्न जरुरी छ,’उनले भने, ‘प्रदेश सरकारले थारु सांस्कृतिक संग्रहालय, होमस्टे सञ्चालनजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ। साथै, समुदायमा सिप हस्तान्तरणलाई समेत प्राथमिकतामा राखिएको छ।’

थारू समुदाय कला ,सीप संस्कृतिमा धनी भए पनि त्यसको बजारीकरण र प्रवर्द्धन हुन नसकेको बताए। देउवाले थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चित हुनुपरेको भन्दै समुदायका अगुवाहरू शिक्षाको क्षेत्रमा विशेष ध्यान दिन आग्रह गरे। थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको उनको भनाइ थियो। रासस