१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारु समुदायको कला, सीप र संस्कृतिको संरक्षण गरौँ : शेरबहादुर देउवा



अ+ अ-

काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवाले थारू समुदायको कला, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।

अन्तरप्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको शनिबार दंगीशरण गाउँपालिकाको चखौरामा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन्।

‘हाम्रा मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आर्थिक आम्दानीसँग जोड्न जरुरी छ,’उनले भने, ‘प्रदेश सरकारले थारु सांस्कृतिक संग्रहालय, होमस्टे सञ्चालनजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ। साथै, समुदायमा सिप हस्तान्तरणलाई समेत प्राथमिकतामा राखिएको छ।’

थारू समुदाय कला ,सीप संस्कृतिमा धनी भए पनि त्यसको बजारीकरण र प्रवर्द्धन हुन नसकेको बताए। देउवाले थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चित हुनुपरेको भन्दै समुदायका अगुवाहरू शिक्षाको क्षेत्रमा विशेष ध्यान दिन आग्रह गरे। थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको उनको भनाइ थियो। रासस