२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको राजनीतिले असल पार्टी खोजेको छः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकता दिनुपर्ने बताए।

आज यहाँ आयोजित एकीकृत समाजवादी उपत्यका प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले महङ्गी नियन्त्रण, बेरोजगारी समस्या समाधान, भ्रष्टाचार नियन्त्रण, जनजीविका क्षेत्रमा सरकारले काम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले सरकारले संसद्को अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशबाट शासन सञ्चालन गर्न खोजको भन्दै विरोध जनाए ।

पूर्वप्रधानमन्त्री नेपालले देशको राजनीतिले असल पार्टी, दूर दृष्टिकोण भएका नेताहरूको खोजी गरेकाले असल चरित्रको विकास गर्दै पार्टी निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई सुझाव दिए ।

पार्टी महासचिव घनश्याम भुसालले अहिले मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर भएकाले राष्ट्रिय राजनीतिमा अनेक समस्या आएको धारणा राखेका छन । उनले बिग्रिएको राजनीतिक कोर्सलाई सच्च्याउन कम्युनिष्ट पार्टीका रूपान्तरण तथा पुनः गठनको खाँचो औँल्याए ।

पार्टीका सचिव सावित्रा भुसालले सङ्गठनको सुदृढीकरण, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक तथा कार्ययोजना निर्माणमा अधिवेशन केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् । उपत्यका प्रदेश कमिटीका सचिव विष्णु लम्सालले अधिवेशनले सङ्गठनभित्र रहेका फरक मत तथा विचारहरू, असन्तुष्टि र असहमतिलाई विश्लेषण गरी नयाँ कार्यसमिति निर्वाचित गरिने जानकारी दिए । रासस