९ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो व्यवस्थाको हकदार माओवादी हो : वर्षमान पुन



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले वर्तमान व्यवस्थाको हकदार माओवादी रहेको बताएका छन् ।

गुल्मीको चन्द्रकोट गाउँपालिकामा पार्टीको तेस्रो अधिवेशनमा शनिबार उनले वर्तमान व्यवस्थामाथि विभिन्न प्रश्न उठिरहेको बेला १० वर्षे माओवादी आन्दोलनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न सफल भएकाले यसको जस माओवादीले लिनुपर्ने बताएका हुन् ।

‘माओवादीले १० वर्षसम्म युद्ध गरेर जनताका अधिकार सुनिश्चित गर्‍यो । हामीले यो एजेन्डा आम नागरिकमाझ स्थापित गर्नुपर्छ’, पुनले भने ।पूर्वमन्त्री पुनले पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोलेकै कारण सत्ताबाहिर हुनुपरेको बताए ।