१६ श्रावण २०८३, शनिबार
,
Latest
राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन नेतृत्वमा करुणा र सहानुभुति हुनुपर्छः सभापति थापा सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केजरीवाल–सिसोदिया चुनाव हारे, २७ वर्षपछि दिल्लीमा भाजपा सरकार



अ+ अ-

एजेन्सी । भारतीय जनता पार्टी  (भाजपा)ले २७ वर्षपछि दिल्लीमा पुनरागमन गर्दैछ । भारतको निर्वाचन आयोगका अनुसार भाजपाले ५ सिट जितेको छ भने ४३ सिट अर्थात् कुल ४८ सिटमा अग्रता लिएको छ ।

आम आदमी पार्टी (आप)ले ६ सिट जितेको छ भने १६ सिट अर्थात कुल २२ सिटमा अगाडि छ । कांग्रेसले एक सिट पनि पाएको छैन ।

आम आदमी पार्टीका अरविन्द केजरीवाल नयाँ दिल्लीबाट चुनाव हारेका छन् भने मनिष सिसोदिया पनि जंगपुरा सिटबाट चुनाव हारेका छन् । तर, मुख्यमन्त्री आतिशी कालकाजीले चुनाव जितेकी छन् । अर्का नेता सत्येन्द्र जैनले पनि चुनाव हारेका छन् ।

हारपछि केजरीवालले भने–‘हामी हार स्वीकार गर्छौं । म बीजेपीलाई जितको लागि बधाई दिन्छु । जनताले उसलाई बहुमत दिएका छन् । उनीहरुले जनताको अपेक्षा पूरा गर्नेछन् भन्ने आशा लिएको छु ।’

दिल्लीस्थित भाजपा मुख्यालयमा उत्सव जारी छ । प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ७ बजे पार्टी मुख्यालय पुगेर कार्यकर्तालाई सम्बोधन गर्नेछन् । यसैबीच केजरीवाललाई पराजित गर्ने बीजेपी उम्मेदवार प्रवेश वर्माले अमित शाहलाई भेट गरेका छन् ।

सन् २०२० मा भाजपाले जम्मा ८ सिट मात्र जितेको थियो । तर सन् २०२५ मा भने सो पार्टीले ६ गुणा बढी जित निकाल्दै ४८ सिट जित्नेतर्फ अगाडि बढेको छ ।

केजरीवालको नयाँ दिल्ली सिटमा २० जना उम्मेदवारको जमानत जफत भएको छ । उनीहरूले अत्यन्तै कम मत प्राप्त गरे । केजरीवाल प्रवेश वर्मासँग ३ हजार मतले पराजित भए ।