२७ मंसिर २०८२, शनिबार
,
Latest
राष्ट्रपतिद्वारा एनपिएल विजेतालाई बधाई विपद् व्यवस्थापन प्रभावकारी बनाउन ‘स्वयंसेवक तालिम’ नेपाली राजदूतावासद्वारा धावक सनमाया बुढा र रनमाया बुढालाई सम्मान निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ: अध्यक्ष साम्पाङ विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा नक्कली मदिरा सेवनबाट ३३ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । टर्कीयेको राजधानी अंकारामा नक्कली मदिरा सेवनका कारण ३३ जनाको मृत्यु भएको छ ।

२० जना अझै सघन उपचार कक्षमा रहेको स्थानीय एनटीभीले शुक्रवार जनाएको छ । १३ जनालाई पक्राउ गरिएको छ । अंकारा प्रान्तीय गभर्नरको कार्यालयले यसअघि मंगलवार नक्कली मदिरा सेवनको विरुद्धमा सार्वजनिक चेतावनी जारी गरेको थियो ।

अन्य शहरहरूमा पनि यस्तै घटनाहरू रिपोर्ट गरिएका छन् । इस्तानबुलमा, जनवरीमा नक्कली–मदिरा विषाक्तताका कारण कम्तिमा ९० जनालाई अस्पताल भर्ना गरिएको थियो । जसमा ३८ जनाको मृत्यु भएको थियो ।

धेरैजसो मृत्यु मिथानोल विषाक्तताको कारणले हुन्छ । जुन अवैध मदिरा उत्पादनहरूको उत्पादनमा विषाक्त मिथानोल प्रयोग गर्दा हुन्छ । टर्कीका अधिकारीहरूले नक्कली मदिराको उत्पादन र विक्रीमा कडाइ गर्ने प्रयासहरू तिब्र पारेका छन् ।