१८ भाद्र २०८३, बिहीबार
,
Latest
नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानी मन्त्रालयमा आगलागीः डकुमेण्ट कुनै जलेको छैन, घटनाको अनुसन्धान हुँदैछः मन्त्री यादव



अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

शनिवार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो । बिहान अकास्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको छ । मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ ।

आगलागीबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताउनु भयो । अहिले प्रहरीले अनुसन्धान जारी राखेको बताउनु भयो । शुक्रवार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिनुभयो । पानी तताउने मेसिन होला भनेर छोडेको भएपनि आज भने आगलागी भएको बताउनु भयो । प्रहरी अनुसन्धानबाट वास्तविक रिपोर्ट आउने बताउनु भयो । दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरु, कार्पेट लगायतको क्षति भएको बताउनु भयो । अति आवश्यक डकुमेण्टमा भने कुनै क्षति भएको बताउनु भयो ।

खानेपानी मन्त्रालयमा पुग्नुभएका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताउनु भयो । उहाँकाअनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको र विद्युत सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । शुक्रवारदेखि नै विद्युत सर्ट भएको गन्ध आएको र आज आगलागी भएको हनुसक्ने बताउनु भयो । ठूलो क्षति हुनबाट जोगिएको बताउनु भयो ।

मन्त्रालयको पूरा भवनमै विद्युत वायरिङको जाँच हुने बताउनु भयो ।