काठमाडौँ । खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।
शनिवार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको हो ।
बिहान अकास्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको छ ।
मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ ।











