९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो फागुन २ देखि काठमाडौंमा

सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो फागुन २ देखि काठमाडौंमा
अ अ+ अ-

काठमाडौँ । सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो फागुन २, ३ र ४ गते काठमाडौमा हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रालि तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालिको संयुक्त आयोजनामा फागुन २, ३ र ४ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

प्रदर्शनीमा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीहरु रहनेछन् । प्रदर्शनीमा एक सय बढी स्टल स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रा।लि।का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । उहाँले प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले साना–साना औजार,मेसिन तथा पशुपालन उद्योगमा प्रयोग हुने उपकरणहरु प्रदर्शनीमा राखिने बताउनु भयो । उहाँले नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने विश्वास रहेको जानकारी दिनुभयो ।

प्रवन्ध निर्देशक भट्टराईले प्रदर्शनीमा सबैलाई निःशुल्क प्रवेश रहेको बताउनु भयो । उहाँले प्रदर्शनीले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत पुग्ने र प्रविधिको प्रयोगबाट कृषि उत्पादनमा समेत वृद्धि भइ कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पु¥याउने विश्वास रहेको बताउनु भयो ।

उहाँले प्रदर्शनीमा कुखुरापालन,माछापालन,बाख्रापालन,गाईभैँसी पालन, डेरी,कृषिका मेसिनरी औजार–उपकरण भेटेनरी,खाद्य प्रविधि बारेमा जानकारी गराइने बताउनु भयो ।

प्रदर्शनीमा फरक–फरक समूहका स्टलहरु रहने बताउनु भयो । उहाँले मेलामा देशभरबाट बढी भन्दा बढी अवलोकनकर्ताहरु भित्र्याउने लक्ष्य रहेको बताउनु भयो ।