९ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्‍याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।

कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा आजदेखि सुरू भएको डायलाइसिस सेवा शुभारम्भ गर्दै उनले नेपालको स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले महत्त्वपूर्ण भूमिका रहेको बताए। “स्वस्थ खानपानको अभाव र प्रदूषणलगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरूको सङ्ख्या बढिरहेको छ, मिर्गौला रोगीहरूको सङ्ख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको छ”, अर्थमन्त्री पौडेलले भने ।

उनले मिर्गौला रोगीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा नेपाल नेशनल अस्पतालले डायलाइसिस सेवाको सुरूवात गरेर धेरैभन्दा धेरै बिरामीलाई सहज सेवा दिन खोजेकोमा खुसी व्यक्त गरे । सरकारले गरिरहेका प्रयासहरूमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको उनको भनाइ थियो ।

अस्पतालका निर्देशक डा प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताए ।