१४ श्रावण २०८३, बिहीबार
,
Latest
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवाड व्यवसायीमाथि काठमाडौं महानगरको धरपकड रोक्न काँग्रेस सांसद यादवको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि धरपकड गरिरहेको उल्लेख गर्दै कवाड व्यवसायीको जिउधनको सुरक्षा गर्न माग गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो । उहाँले कवाड व्यवसायीलाई काठमाडौं महानगरपालिकाले भौतिक संरचनाको तोडफोड र व्यवसायीलाई धरपकड गरिरेको उल्लेख गर्नुभयो । उहाँले देशमा संचालित उद्योगहरुलाई चाहिने कच्चा पदार्थ आपूर्ति र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको महत्वपूर्ण भुमिका खेलेको भएपनि महानगरले अराजक शैलीमा अपहरण गरिरहेको उहाँको आरोप छ । उहाँले व्यवसायीहरुलाई कुटपिट, गाली गलौज जस्ता अभद्र व्यवहार भइरहेको उल्लेख गर्दै कवाड व्यवसायीमाथि भइरहेको अराजगत गतिविधि रोक्नुपर्ने माग गर्नुभएको हो ।

सांसद यादवले भन्नुभयो, ‘कवाड व्यवसायीहरुले नेपाल सरकारको प्रचलित कानून बमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौं महानगरपालिकाको विभिन्न वडामा व्यवसाय सञ्चालन गर्दै आएको छ । कवाड व्यवसायिहरुले सरकारलाई तिर्नुपर्ने सबै करहरु तिर्दै पनि आएको छ । तर हालको यस व्यवसायमा एक लाख मानिसहरु प्रत्यक्ष संलग्न रहेको कुरा सरकारलाई अवगत गराउन चाहन्छु । देशमा संचालित उद्योगहरुलाई चाहिने कच्चा पदार्थ कवाड व्यवसायीहरुले आपूर्ति गर्दै आएको छ । देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको महत्वपूर्ण भुमिका रहेको देखिन्छ । कवाडि व्यवसायीहरुले वातावरणीय सरसफाईमा समेत योगदान गर्दै आएका छन् । तथापि विगत एक वर्षदेखि काठमाडौं महानगरले कवाड व्यवसायीहरुलाई व्यापक तोडफोड गरिएको स्थिति छ । सामान जफत गरेको अवस्था छ । त्यसैगरी व्यवसायीहरुलाई कुटपिट गाली गलौज जस्ता अभद्र व्यवहार समेत गर्दै आएको देखिन्छ । दर्ता भइ आफ्नो काम गर्दै आइरहेका कवाड व्यवसायीमाथि भइरेको यस्ता अराजगत गतिविधिमा रोक लगाई कवाड व्यवसायिहरुको जिउधनको सुरक्षाको माग गर्दछु ।’

कवाड व्यवसायीहरुले वातावरणीय सरसफाईमा समेत योगदान गर्दै आएको उहाँको भनाइ छ ।