२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवाड व्यवसायीमाथि काठमाडौं महानगरको धरपकड रोक्न काँग्रेस सांसद यादवको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि धरपकड गरिरहेको उल्लेख गर्दै कवाड व्यवसायीको जिउधनको सुरक्षा गर्न माग गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो । उहाँले कवाड व्यवसायीलाई काठमाडौं महानगरपालिकाले भौतिक संरचनाको तोडफोड र व्यवसायीलाई धरपकड गरिरेको उल्लेख गर्नुभयो । उहाँले देशमा संचालित उद्योगहरुलाई चाहिने कच्चा पदार्थ आपूर्ति र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको महत्वपूर्ण भुमिका खेलेको भएपनि महानगरले अराजक शैलीमा अपहरण गरिरहेको उहाँको आरोप छ । उहाँले व्यवसायीहरुलाई कुटपिट, गाली गलौज जस्ता अभद्र व्यवहार भइरहेको उल्लेख गर्दै कवाड व्यवसायीमाथि भइरहेको अराजगत गतिविधि रोक्नुपर्ने माग गर्नुभएको हो ।

सांसद यादवले भन्नुभयो, ‘कवाड व्यवसायीहरुले नेपाल सरकारको प्रचलित कानून बमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौं महानगरपालिकाको विभिन्न वडामा व्यवसाय सञ्चालन गर्दै आएको छ । कवाड व्यवसायिहरुले सरकारलाई तिर्नुपर्ने सबै करहरु तिर्दै पनि आएको छ । तर हालको यस व्यवसायमा एक लाख मानिसहरु प्रत्यक्ष संलग्न रहेको कुरा सरकारलाई अवगत गराउन चाहन्छु । देशमा संचालित उद्योगहरुलाई चाहिने कच्चा पदार्थ कवाड व्यवसायीहरुले आपूर्ति गर्दै आएको छ । देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको महत्वपूर्ण भुमिका रहेको देखिन्छ । कवाडि व्यवसायीहरुले वातावरणीय सरसफाईमा समेत योगदान गर्दै आएका छन् । तथापि विगत एक वर्षदेखि काठमाडौं महानगरले कवाड व्यवसायीहरुलाई व्यापक तोडफोड गरिएको स्थिति छ । सामान जफत गरेको अवस्था छ । त्यसैगरी व्यवसायीहरुलाई कुटपिट गाली गलौज जस्ता अभद्र व्यवहार समेत गर्दै आएको देखिन्छ । दर्ता भइ आफ्नो काम गर्दै आइरहेका कवाड व्यवसायीमाथि भइरेको यस्ता अराजगत गतिविधिमा रोक लगाई कवाड व्यवसायिहरुको जिउधनको सुरक्षाको माग गर्दछु ।’

कवाड व्यवसायीहरुले वातावरणीय सरसफाईमा समेत योगदान गर्दै आएको उहाँको भनाइ छ ।