१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डमाथि रिमालको कटाक्षः शेरा दरबारमा फलेको हरियो मकै खाएको फोटो सार्वजनिक नै छ हैन र ?



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शेरा दरबारको जग्गा प्रकरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ फर्काएका छन् ।

अध्यक्ष प्रचण्डले हिजो बिहिबार संसदको रोष्टममा उभिएर शेरा दरबारको जग्गा प्रकरणमा आफ्नो नाम जोडिन्छ भने आफूबाटै छानबिन सुरू गर्न सरकारलाई चुनौति दिएका थिए । ‘शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानबिन सुरू गरौं र मबाट सुरू गरौं ।’ उनले भनेका थिए ।

यसको जवाफमा एमालेका उपमहासचिव समेत रहेका रिमालले भनेका छन्, ‘शेरा दरबारको जग्गामा फलेको हरियो मकैको खाजा सगर्व खाएको प्रसंगसहित तपाईंकै परिवारका सदस्यले पोस्ट गरेको फोटो त सार्वजनिक नै छ नि हैन र ? सिआईबीको छानबिन पछि अहिले त्यो जग्गा सरकारको नाममा ल्याउने प्रक्रियामा छ । संसदमै प्रश्न उठाउनु भएकोले मात्र यति जानकारी दिएको हो है ।’

 

 




भर्खरै