९ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसपाको उपाध्यक्षमा उम्मेदवारी दिने घलेको घोषणा



अ+ अ-

काठमाडौं। युवा व्यवसायी रामबहादुर घलले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

यही माघ २७, २८ र २९ गते काठमाडौँको प्रज्ञा भवनमा हुने महाधिवेशनमा आदिवासी जनजाति कलष्टरको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै उनले भावि योजना पनि सार्वजनिक गरेका छन् ।  घलेका योजनामा गाउँ, नगर, र प्रदेशस्तरमा पार्टीको संरचना विस्तार गर्ने, सक्षम, अनुभवी र शिक्षित युवा, महिला, दलित, जनजाति, र पिछडिएका वर्गलाई पार्टीको मुख्य धारामा सक्रिय रूपमा समेट्ने, युवाका लागि स्टार्टअप, रोजगारी, र नेतृत्व विकासका कार्यक्रम सुरु गर्ने लगायत रहेका छन् ।

पार्टीको विभिन्न विभागको नेतृत्व गरिसकेका घलेले ‘मभित्र पार्टी होइन, पार्टीभित्र म’ को नारालाई अगाडि बढाउने र वैकल्पिक राजनीतिक शक्तिको ‘सिद्धान्त, नीति र मान्यतालाई जीवन व्यवहारमा लागू गर्ने कामको नेतृत्व गर्ने बताएका छन् ।

‘पार्टीमा युवा र महिलाहरूको सहभागिता बढाउने, युवा र महिलाहरूको लागि विशेष प्रशिक्षण, नेतृत्व विकास र राजनीतिक सशक्तीकरणका कार्यक्रमहरू सुरु गर्ने, जनजाति, दलित र पिछडिएका वर्गलाई पार्टीको मुख्य धारामा ल्याउने कामको नेतृत्व गर्नेछु,’ उनले भनेका छन् ।