२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली सातै प्रदेशका मुख्यमन्त्रीसँग एक्सन रुमबाट भर्चुअल छलफल गर्दै



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्ने भएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रा विकास निर्माण र आयोजनाहरूको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाट आज छलफल हुँदै छ ।’

ओलीले थालेको काम सक्ने सरकारको प्राथमिकता रहेको पनि उल्लेख गरेका छन् । ‘हाम्रो प्राथमिकता छ- थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ । पूर्वाधार निर्माणसम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेका छन्,’ ओलीले भनेका छन् ।

विकास निर्माण तथा आयोजनाहरूका बारेमा कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै आजै दिउँसो २ बजे सगरमाथा संवादको तयारी बैठक पनि हुनेछ ।