१ भाद्र २०८३, सोमबार
,
Latest
मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारीले छेकेन देवघाटमा भक्तजन



फाईल फोटो
अ+ अ-

चितवन । कोभिड–१९ को महामारीका बीचमा पनि तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा भक्तजन पुगेका छन् । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज स्नान गर्नका लागि देवघाटधाममा भक्तजन पुगेका हुन् । 

कोरोना महामारीका कारण देवघाटमा भक्तजनलाई प्रवेश निषेध गर्ने निर्णय गरिएको तर पैदलयात्रामार्फत आएका भक्तजनलाई बिहान ८ः३० बजेदेखि प्रवेशको व्यवस्था मिलाइएको थियो । कोरोना त्रासका कारण देवघाटमा बाहिरी जिल्लाबाट आउनेलाई प्रवेश निषेध गर्ने भनिए पनि पैदलयात्रामार्फत आउनेलाई प्रवेश दिइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिनुभयो ।

माघे सङ्क्रान्ति पर्वका अवसरमा देवघाटमा वर्षेनी लाखौँ भक्तजन आउने गर्दछन् तर यसपटक कोरोना महामारीका कारण भक्तजन घटेका छन् । “सुरुमा त यस वर्ष प्रवेश निषेध गर्ने निर्णय नै भएको हो, तर भक्तजनको आगमनलाई नर्कान नसकेर निकै कम मात्र भक्तजनलाई प्रवेश दिएका छौँ”, घिमिरेले भन्नुभयो, “कोरोना जोखिम रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर स्नान गर्न अनुरोध गरेका छौँ ।” उहाँका अनुसार सवारीसाधनलाई भने देवघाट प्रवेशमा निषेध गरिएको छ ।

तनहुँ र चितवनतर्फ गरी करिब पाँच हजार भक्तजनले स्नान गरेको अनुमान गरिएको छ । “पाँच लाखभन्दा बढी भक्तजन आउने माघे सङ्क्रान्तिमा पाँच हजार निकै कम हो”, उहाँले भन्नुभयो । देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदी र कालीगण्डकी नदीको सङ्गम वेणीमा शुक्रबार बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । माघे सङ्क्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको सङ्गम  देवघाटको वेणीमा स्नान गर्नाले पुण्यप्राप्त हुने विश्वास छ ।