२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः संकटाको पहिलो हार, आर्मी तेस्रो स्थानमा उक्लियो



अ+ अ-

काठमाडौं । थ्री स्टारविरुद्ध अन्तिम मिनेट सम्हालिन नसक्दा संकटाले जारी सहिद स्मारक ए डिभिजन लिगमा पहिलो हार भोगको छ । यसँ सँगै संकटाको अपराजित यात्रामा पूर्णविराम पनि लागेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले इन्जुर समयमा गोल निकाल्दै संकटाको अपराजित यात्रालाई पूर्णविराम लगाईदिएको हो । थ्री स्टारलाई महत्वपूर्ण जित दिलाउन विजय भुजेलले गरेको गोल निर्णायक बन्यो । खेलको ९० मिनेट दुबै टोलीले स्कोरका लागि निकै संघर्ष गरे पनि गोल गर्न असफल भएका थिए ।

यससँगै थ्री स्टार चौथो स्थानमा उक्लिएको छ भने सकंटा पाँचौं स्थानमा झरेको छ । थ्री स्टारले ९ खेलबाट १६ अंक जोड्दा संकटाको १४ अंक भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नै भएको खेलमा आर्मीले फ्रेन्ड्सलाई  ३–१ ले पराजित गर्दा सकंटा र थ्री स्टारले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन ।

शनिबार भएको दिनको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । निकै रोमाञ्चक बनेको खेलमा आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक÷एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।

अघिल्ला खेलमा सन्तोष जनक नतिजा निकाल्न असफल आर्मीका लागि दशौँ मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । पेनाल्टी एरियाको बाँयातर्फबाट जगजितले क्रस गरेको बल पोस्टमा लाग्दै गोलमा परिणात भएको थियो । ४५ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । जर्ज प्रिन्सको हेडर पासमा अनमार्क रहेका दिनेशले सहजै गोल गरे । दोस्रो हाफको सुरुआतमै फ्रेन्ड्सले एक गोल फर्कायो ।

आर्मीका डिफेन्डरको गल्तीमा एन्थोनीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । खेलको ७१ औं मिनेटमा सुमनले गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए ।

यस जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले ९ खेलमा १७ अंक जोडेको छ । फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा यथावत छ । रेलिगेशनबाट बच्न संघर्ष गरिहेको छ ।