• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

टाइगर कप भलिबलः पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफलाई उपाधि



पोखरा । पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले उपाधि जितेका छन् । टाइगर ग्रुप अफ पोखराका आयोजनामा यही पुस २६ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पुरुषतर्फ आर्मीले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि ३–१ को सेटमा जीत निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।

उपाधि विजेता आर्मीले रु तीन लाखसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भयो भने उपविजेता टिपटपले रु एक लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । आर्मीले टिपटपलाई २५–१८, २४–२६, २५–१८ र २५–१९ अङ्कले पराजित गरेको हो । महिलातर्फको उपाधिका लागि दुई विभागीय टोलीबीचको खेलमा एपिएफले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

एपिएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा पराजित गर्न सफल भयो । उपाधि विजेता एपिएफले रु तीन लाखसहित ट्रफी र उपविजेता आर्मीले रु एक लाख ५० हजार पुरस्कार पायो । प्रतियोगितामा महिलातर्फ होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लब रु ७५ हजार तथा चौथो भएको पुलिसले रु ३५ हजार पुरस्कार प्राप्त गर्न सफल भयो । पुरुषतर्फ नेपाल पुलिस तृतीय र आयोजक गण्डकी प्रदेश चौथौ स्थान प्राप्त गरी क्रमशः रु ७५ हजार र रु ३५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ आर्मीका दानबहादुर बुढा क्षेत्री र महिलातर्फ एपिएफका सरस्वती चौधरी घोषित हुँदै जनही रु २५ हजार पुरस्कार पाउनुभयो । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो । महिलातर्फ उत्कृष्ट  सर्भर एपिएफका  निरुता ठगुन्ना, सेटर आर्मीका कृपा अधिकारी, ब्लकर एपिएफका हीरा केसी, लिब्रो न्यू डायमण्डका शलिना श्रेष्ठ, स्पाइकरमा आर्मीका शान्तिकुमारी थारू र प्रशिक्षकमा एपिएफका महेश चौधरी घोषित हुँदै जनही रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

यसैगरी पुरुषतर्फ उत्कृष्ट सेटर नेपाल प्रहरीका इमबहादुर राना, सर्भर आर्मीका हरिहजुर थापा, ब्लकर टिपटपका अमित गुलिया, लिब्रो आर्मीका ईश्वर थापा, स्पाइकर टिपटपका विनितकुमार चौधरी र प्रशिक्षक आर्मीका जगतबहादुर सिंह घोषित हुँदै जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ पाँच–पाँच वटा टोली गरी १० टोलीको सहभागिता रहेको थियो । 

प्रतियोगिताको विजयी टोली तथा सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, साउद एशियन सेन्टर भलिबल एशोसिएशनका अध्यक्ष मोहम्मद लतिफ, नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्द, राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङ, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।