१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित

टाइगर कप भलिबलः पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफलाई उपाधि

टाइगर कप भलिबलः पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफलाई उपाधि
अ अ+ अ-

पोखरा । पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले उपाधि जितेका छन् । टाइगर ग्रुप अफ पोखराका आयोजनामा यही पुस २६ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पुरुषतर्फ आर्मीले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि ३–१ को सेटमा जीत निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।

उपाधि विजेता आर्मीले रु तीन लाखसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भयो भने उपविजेता टिपटपले रु एक लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । आर्मीले टिपटपलाई २५–१८, २४–२६, २५–१८ र २५–१९ अङ्कले पराजित गरेको हो । महिलातर्फको उपाधिका लागि दुई विभागीय टोलीबीचको खेलमा एपिएफले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

एपिएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा पराजित गर्न सफल भयो । उपाधि विजेता एपिएफले रु तीन लाखसहित ट्रफी र उपविजेता आर्मीले रु एक लाख ५० हजार पुरस्कार पायो । प्रतियोगितामा महिलातर्फ होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लब रु ७५ हजार तथा चौथो भएको पुलिसले रु ३५ हजार पुरस्कार प्राप्त गर्न सफल भयो । पुरुषतर्फ नेपाल पुलिस तृतीय र आयोजक गण्डकी प्रदेश चौथौ स्थान प्राप्त गरी क्रमशः रु ७५ हजार र रु ३५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ आर्मीका दानबहादुर बुढा क्षेत्री र महिलातर्फ एपिएफका सरस्वती चौधरी घोषित हुँदै जनही रु २५ हजार पुरस्कार पाउनुभयो । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो । महिलातर्फ उत्कृष्ट  सर्भर एपिएफका  निरुता ठगुन्ना, सेटर आर्मीका कृपा अधिकारी, ब्लकर एपिएफका हीरा केसी, लिब्रो न्यू डायमण्डका शलिना श्रेष्ठ, स्पाइकरमा आर्मीका शान्तिकुमारी थारू र प्रशिक्षकमा एपिएफका महेश चौधरी घोषित हुँदै जनही रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

यसैगरी पुरुषतर्फ उत्कृष्ट सेटर नेपाल प्रहरीका इमबहादुर राना, सर्भर आर्मीका हरिहजुर थापा, ब्लकर टिपटपका अमित गुलिया, लिब्रो आर्मीका ईश्वर थापा, स्पाइकर टिपटपका विनितकुमार चौधरी र प्रशिक्षक आर्मीका जगतबहादुर सिंह घोषित हुँदै जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ पाँच–पाँच वटा टोली गरी १० टोलीको सहभागिता रहेको थियो । 

प्रतियोगिताको विजयी टोली तथा सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, साउद एशियन सेन्टर भलिबल एशोसिएशनका अध्यक्ष मोहम्मद लतिफ, नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्द, राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङ, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।