२० भाद्र २०८३, शनिबार
,
Latest
उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा केबलकारविरुद्ध प्रदर्शन पछि पक्राउ परेका सबै प्रदर्शनकारी छुटे



अ+ अ-

काठमाडौँ । ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकार निर्माणविरुद्ध प्रदर्शन पछि पक्राउ परेका १७ जना प्रदर्शनकारी रिहा भएका छन् ।

पाथीभरा क्षेत्रको बलुडाँडा र झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा संलग्न सबै जनालाई छोडिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए ।

विभिन्न स्थानबाट पक्राउ परेका प्रदर्शनकारीहरु ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले महिचानबादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका प्रदीप मादेन लाई १० हजार धरौटीमा छोडेको छ भने लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बु ५ हजार धरौटी बुझाएर रिहा भएका हुन्। झापाको दमकबाट पक्राउ परेका ८ जना भनेसाधारण तारेखमा छुटेका छन् ।

यसअघि, मंगलबार नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र मुक्कुमलुङ संरक्षक पक्षधरबिच भएको वार्तामा आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइ गर्ने सहमति भएको थियो ।